'गर्लफ्रेन्डले नाइँ नभने' राजेशको बिहे अर्को वर्ष


सन्तोष पोखरेल, पोखरा, भदौ ४- अभिनेता राजेश हमाललाई अधिकांशले सोध्ने जिज्ञासा उनको बिहेमा घुम्ने गर्छ।

पोखराका सञ्चारकर्मीले समेत उनलाई यही प्रश्नले घेरा हाले।  पोखरेली सञ्चारकर्मीको जिज्ञासाबाट उनी उम्कन पाएनन्। बिहेको प्रश्नमा उनको जवाफ सरल आयो, 'गर्लफ्रेन्ड'ले धोका नदिए २०१२ भित्र बिहे पक्का।'
हमालले आफ्ना लागि 'फिट' गर्लफ्रेन्ड भेटिएको र उनैसँग बिहेको तयारी भइरहेको बताए। तर, हमालले उनको परिचय भने खुलाएनन्। 'मैले भेटेको 'गर्लफ्रेन्ड'ले 'नाइँ' नभने अब बिहे पक्का हुनेछ,' उनले भने, 'तर गर्लफ्रेन्डले कहिलेसम्म अन्तिम निर्णय दिने भन्नेमा 'डेडलाइन' तोकेको छैन।'
२०११ भित्रै बिहे गर्ने सोच भए पनि विविध कारणले एक वर्ष पछाडि सरेको उनले बताए। 'सबै कुरा मिलाउँदै जाँदा केही समय पछि हुन गयो,' उनले भने, '२०१२ भित्रै बिहे पक्का हुन्छ, ममात्र तातेर मेरो बिहे हुने रहेनछ।'
हमालले २०१२ भित्र बिहे गर्ने थाहा पाएपछि एक ज्योतिषीले फोन गरेर २०१४ अघि बिहे नगर्न उनलाई सुझाएछन् पनि। तर, हमालले तीनै ज्योतीषिसँग सल्लाह गरेर २०१२ भित्रै बिहे गर्ने बाटो फुकाएका छन्।
'ज्योतिषीको सल्लाह बमोजिम 'गृहशान्ति' गरेर भए पनि २०१२ भित्र बिहे गर्ने बाटो फुकाएको छु,' पत्रकार महासंघ कास्कीको भवन अवलोकन गर्न शनिबार पुगेका हमालले भने, 'बस छुट्छ कि भन्ने डर लागेको छ, कुनै हालतमा बस छुट्न दिन्न।'
बिहेमा केटाकेटी तातेर नहुने भएकोले त्यसका लागि मध्यस्थकर्ताको आवश्यक पर्र्ने उनले अनुभव गरेका छन्। 'म तातेरमात्र बिहे हुने रहेनछ, मध्यस्थकर्ताको आवश्यकता पर्छ,' उनले भने, 'केटाकेटी मात्र होइन अरु पनि तात्नुपर्छ।'
बिहेको प्रष्टिकरणसँगै हमालले फिल्म खेल्ने आफ्नो उमेर अझैसम्म नढल्किएको बताए। फिल्ममा अभिनय गर्न थालेको दुई दशक नाघे पनि उमेर बाँकी रहेको उनको भनाइ छ।
'समय बित्दै जाँदा कलाकार गम्भीर र थप जिम्मेवार हुन्छन्, तर कलाकारिता जवानीमा निर्भर हुने पेशा भए पनि यसैप्रति समर्पित हुनेलाई फरक पर्दैन,' उनले भने, 'पेशाप्रति कुनै न कुनै भूमिकामा रहिरहन्छु।'
सरकारले हालैको बजेटमार्फत् पोखरामा व्यवस्थित फिल्म स्टुडियो बनाउने प्रस्ताव ल्याएकोमा हमाल खुशी छन्। उनले पोखरा आफैमा सुन्दर ठाउँ भए पनि सुटिङका लागि व्यवस्थित स्थल अभाव हुने गरेको बताए।
'सडकमै छायांकन गर्नुपर्दा दर्शकको भिडभाड हुने, फोहर बढ्ने, ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ,' उनले भने, 'व्यवस्थित ठाउँको अभाव खड्किएको छ।'
सुरुदेखि अन्तिमसम्मका सबै दृश्य एकै ठाउँमा खिच्न पाउने हो भने सुटिङ युनिटले कुनै झन्झट बेहोर्नु नपर्ने उनको भनाइ छ। 'सुटिङका लागि बाहिर कतै जान नपरोस भन्ने चाहना छ,' उनले भने, 'पोखराको हरेक ठाउँ फिल्मका लागि उपयुक्त भए पनि एकै ठाउँमा यी सबै पूर्वाधार हुने स्टुडियोको आवश्यकता रहेको छ।'
पत्रकार महासंघले अहिले पोखरामा करिब डेढ करोड रुपैयाँको लागतमा बहुउद्देश्यीय भवन बनाउँदैछ। भवन अवलोकन गर्न पुगेको हमालले कलाकारिताको क्षेत्रबाट पनि भवन निर्माणमा सघाउने बताए।
'धेरै पत्रकार मित्रहरुसँग भेटघाट भइरहन्छ, तर पत्रकार महासंघको कुनै पनि शाखामा गएको थिइनँ, यो नै पहिलोपटक हो।' विभिन्न संस्था र व्यक्तिको सहयोगमा कास्की महासंघले भवन बनाउँदैछ।


sushma_in_400धैर्य कष्टदायी हुन्छ । हिरोइन सुष्मा कार्की यतिबेला अधैर्यसँग संघर्ष गरिरहेकी छिन् । आउँदो गुड फ्राइडेले सुष्मालाई यतिबेला बेचैन तुल्याइरहेको छ । जुन दिन सुष्माले सोलो लिड हिरोइनका रुपमा खेलेको फिल्म 'के यो माया हो' सार्वजनिक हुँदैछ । काउन्टडाउन सुरु भएसँगै सुष्मालाई पब्लिसिटीको चटारो पनि उत्तिकै छ । अन्तवार्ता, फ्यानसँगको गेट-टुगेदरले यी बालालाई व्यस्त बनाइदिएको छ ।
यही चटारोमा सुष्माले पब्लिसिटी फण्डाका रुपमा अर्को एक किस्सा फ्याँकेकी छिन् । आफ्नो फेसबुक एकाउन्टमा 'ब्याच नम्बर १६' को-एक्ट्रेसले आफू सिङ्गल रहेको उल्लेख गरेकी छिन् । आफ्नो नीजि र प्रेमजीवन बारे मिडियाले लेखिरहँदा सुष्माले आफू सिङ्गल रहेको लेखेकी छिन् । तर, यो वास्तविक नभएर फिल्म पब्लिसिटी गर्ने मसलाका रुपमा सुष्माको उक्त स्टाटसलाई लिन सकिन्छ । उनको प्रेमजीवन सबैलाई थाहा भएको कुरा हो । “read more”  धैर्य कष्टदायी हुन्छ । हिरोइन सुष्मा कार्की यतिबेला अधैर्यसँग संघर्ष गरिरहेकी छिन् । आउँदो गुड फ्राइडेले सुष्मालाई यतिबेला बेचैन तुल्याइरहेको छ । जुन दिन सुष्माले सोलो लिड हिरोइनका रुपमा खेलेको फिल्म 'के यो माया हो' सार्वजनिक हुँदैछ । काउन्टडाउन सुरु भएसँगै सुष्मालाई पब्लिसिटीको चटारो पनि उत्तिकै छ । अन्तवार्ता, फ्यानसँगको गेट-टुगेदरले यी बालालाई व्यस्त बनाइदिएको छ ।

यही चटारोमा सुष्माले पब्लिसिटी फण्डाका रुपमा अर्को एक किस्सा फ्याँकेकी छिन् । आफ्नो फेसबुक एकाउन्टमा 'ब्याच नम्बर १६' को-एक्ट्रेसले आफू सिङ्गल रहेको उल्लेख गरेकी छिन् । आफ्नो नीजि र प्रेमजीवन बारे मिडियाले लेखिरहँदा सुष्माले आफू सिङ्गल रहेको लेखेकी छिन् । तर, यो वास्तविक नभएर फिल्म पब्लिसिटी गर्ने मसलाका रुपमा सुष्माको उक्त स्टाटसलाई लिन सकिन्छ । उनको प्रेमजीवन सबैलाई थाहा भएको कुरा हो ।

सुदर्शन थापा निर्देशित चलचित्रमा सुष्मा लिड एक्ट्रेस छिन् । फिल्ममा उनको अनस्क्रिन रोमान्स चाँहि लभरब्वाइ आर्यन सिग्देलसँग छ । आफूलाई सिङ्गल लेखेर हाम्री सुष्माले ध्यान आफूतिर तान्ने काइदा अँगालेकी छिन् । यदि सुष्मा साँच्चिकै सिङ्गल हुन् भने सिङ्गल भनेहुन्छ । होइन भने आफूलाई सिङ्गल बताएर फ्यानहरुलाई मन दुःखाउने काम चाहिँ सुष्माले गर्नेछैनिन् ।

कतारमा एकैदिन ६ नेपाली फिल्म


quatar_home_400कतारमा पहिलोपटक आयोजित आदिवासी चलचित्र महोत्सवमा एकैदिन ६ वटा नेपाली चलचित्र प्रदर्शन गरिएका छन् । खाडीको चर्को घाम छिचोल्दै कतारको एयर कन्डिसनजडित फिल्म हलमा दिनभर नेपाली सिनेमाले प्राथमिकता पाए ।

महोत्सवमा नेपाली आदिवासी जनजाति संस्कृति र जनजीवन समेटिएका 'नुमाफुङ' -लिम्बू), 'बुर्‍हान' -थारू), 'सिम्मा' -राई), 'गोवेदा' -तामाङ), 'कृपा' -गुरुङ) र 'आशे' -मगर) पालैपालो प्रदर्शन भए । शुक्रबारको छुट्टीको दिन पारेर दोहा फिल्म हलमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म -झन्डै डेढ घन्टा उद्घाटन कार्यक्रम) लगातार फिल्म देखाइएको थियो ।

नेपाल प्रवासी आदिवासी जानजाति महासंघ कतारले आदिवासी फिल्म आरकाइभ -आइफा) को संयोजनमा महोत्सव गरेको हो । ५० रियाल -एक हजार रुपैयाँ) को टिकट काटेपछि चाहेजति फिल्म हेर्न पाउने व्यवस्था गरिएको थियो । ११ सय सिट क्षमताको हलमा करिब ७ सय दर्शकले फिल्म हेरे । 'महोत्सव मार्फत कतारका धेरै समुदायमा हामी पुगेको ठानेका छौं,' महासंघका अध्यक्ष मानबहादुर सावा लिम्बूले भने, 'महोत्सवको प्रभावस्वरूप कतारबाट प्रसारण हुने अल-जजिराको अरबी च्यानलले नेपाली आदिवासी चलचित्रहरू मगाएको छ ।'